दफा ६२९
भाडामा लिएको वस्तुको हेरचाह र सम्भार गर्नु पर्नेः

(१) हायर पर्चेज करार बमोजिम भाडामा लिएको वस्तुको स्थिति दफा ६२८ बमोजिम स्वामित्व हस्तान्तरण नभएसम्म नासो सरह हुनेछ ।
(२) हायर पर्चेज करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक भाडामा लिने व्यक्तिले त्यस्तो करारसँग सम्बन्धित वस्तुलाई आफ्नो स्वामित्वमा रहेको वस्तु सरह मनासिब हेरविचार र सम्भार गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम हेरविचार र सम्भार नगरेको कारणबाट त्यस्तो हानि, नोक्सानी भएमा त्यस उपर भाडामा लिने व्यक्ति जिम्मेवार रहनेछ ।